हवाईयात्रा असुरक्षित भएकामा सांसदको चिन्ता

सदरलाइन संवाददाता २९ श्रावण २०८१, मंगलवार १७:००
 

काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् ।

बैठकको आकस्मिक समयमा सांसद सोविता गौतमले देशको हवाईयात्रालाई सुरक्षित बनाउन कानुन आवश्यक भए त्यो पनि शीघ्र तर्जुमा गर्नुपर्नेमा जोड दिईन ।

‘देशको उड्डयन क्षेत्रमा गम्भीर समस्या देखिएको छ, यस क्षेत्रलाई सुरक्षित बनाउन सम्बन्धित सबै निकायलाई आग्रह छ । यो क्षेत्रलाई व्यवस्थित बनाउने कानुन शीघ्र तर्जुमा गरौँ’, सांसद गौतमले भनिन ।


सांसद बिना लामाले पछिल्लो समयमा हवाई र सडकयात्रा असुरक्षित बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराईन । ‘सडक पनि सुरक्षित छैन, सुरक्षित मानिएको हवाई क्षेत्र पनि असुरक्षित भयो ।’

सांसद वीरेन्द्रप्रसाद महतोले सिरहा जिल्ला, कल्याणपुर–३ का २० वर्षीय युवा अरुण शर्मा विगत ३५ दिनदेखि काठमाडौँबाट हराएको तथा हालसम्म फेला नपरेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले नदीको कटानका कारण तराई बस्ती धरापमा परेका भन्दै तटबन्धनको माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रथम युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा दुई नेपालीसहित चार पत्रकार दिल्लीमा पुरस्कृत

२९ श्रावण २०८१, मंगलवार १७:००
दिल्ली (भारत) : सार्क पत्रकार मञ्च भारतद्वारा प्रथम युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारले दुई नेपाली पत्रकार र दुई भारतीय पत्रकारलाई प्रदान गरेको छ । भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतको गुरु गोविन्द सिह ईन्द्रप्रस्त विश्वविद्यालय द्वारका दिल्लीमा आयोजिक कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले ऐतिहासिक ‘प्रथम युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय […]

सम्बन्धित