सदरलाइनडटकम,
कैलाली : धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटमा लगातार सीवाइसी अत्तरियाले दोस्रो जीत निकालेको छ । बिहीवार अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले हरायो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाउँदे १२१ रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६७ रन जोडे । यस्तै, सुबिन्धु पाण्डे र रित गौतमले समान १२/१२ रन बनाए । बलिङतर्फ रुपन्देहीका ललितसिंह भण्डारी र विक्रम सोबले समान २/२ विकेट लिए ।
जवाफमा रुपन्देहीले पूरा २० ओभर खेल्दै ८२ रनमात्रै बनाउन सक्यो । रुपन्देहीका लागि सुमित महर्जनले सर्वा्धिक २२ रन बनाए । बलिङतर्फ अत्तरियाका सन्नी पटेल, भुवन कार्की र दीपेन्द्र रावतले समान २र२ विकेट लिए । प्रतियोगितामा रुपन्देहीको यो पहिलो हार हो ।
