नरैनापुरको विषयमा मन्त्री अथकद्वारा उर्जा र कृषि मन्त्रीसँग छलफल

सदरलाइन संवाददाता २३ भाद्र २०७९, बिहीबार १३:५०
 

नेपालगञ्ज : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री अथकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गरेका हुन् ।

लामो समयदेखिको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै मन्त्री अथकले त्यस क्षेत्रमा तत्काल डिप बोरिङको ब्यवस्था गरीदिन उर्जा मन्त्री भुसालसँग माग आग्रह गरे ।


सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरिकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिँदै मन्त्री अथकले तत्कालका लागि डिप बोरिङ र दिर्घकालीन रुपमा सिक्टा सिँचाइ आयोजनामार्फत नरैनापुरका कृषकहरुलाई सिँचाइको ब्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताए । जवाफमा उर्जा मन्त्री भुसालले सकारात्मक प्रतिक्रिया दिएकी थिइन् ।

यसैबिच मन्त्री अथकले बुधबार नै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवसँग भेटेर नरैनापुरका कृषकहरुलागी तत्काल राहत प्याकेज ल्याउन आग्रह गरेका छन् । अर्थ मन्त्री र आफुले समेत त्यस क्षेत्रको स्थलगत निरीक्षण गरीसकेकाले तत्काल राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री अथकले आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीमा सामुदायिक सिकलसेल अस्पताल निर्माण हुँदै

२३ भाद्र २०७९, बिहीबार १३:५०
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिका वडान ३ मा सिकल सेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माणको कार्य अगाडि बढाइएको छ । अनुसन्धान केन्द्र निमार्णको कार्यलाई थारु स्वास्थ्यकर्मीहरुले मिलेर अगाडि बढाएका हुन् । अनुसन्धान निमार्णका लागि शहरी विकास मन्त्री मेटमणी चौधरीले बिहीबार शिलान्यास गरेका छन् । उनले सिकलसेल अस्पतालको भवन […]