ठूलो रकमसहित बाँकेमा दश जुवाडे पक्राउ

सदरलाइन संवाददाता १३ कार्तिक २०७७, बिहीबार १३:१०
 

नेपालगञ्ज : ठूलो परिमाणको रकमसहित बाँकेमा १० जुवाडे पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क क्षेत्रबाट २९ लाख ४८ हजार ७ सयसहित बुधवार राति १० जना पक्राउ परेका हुन् ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जिल्लाका प्रतिष्ठित व्यापारी तथा व्यक्तिहरु जुवा खेलिरहेको अवस्थामा पक्राउ परको जानकारी दिए ।

चाडपर्वका समयमा हुनसक्ने सम्भावित अपराधलाई निस्तेज तथा न्यूनीकरण गर्नका लागि १४ बुँदे विशेष सुरक्षा योजनासहित अगाडि बढेको बाँके प्रहरीले जुवातास नियन्त्रण तथा न्यूनीकरणका लागि चालेको यो पहिलो ठुलो कारवाही हो ।


नेपालगञ्ज ४ का सन्तोष थापा, ६ का मेघनाथ कुचबन्दिया, ४ का नविन घिमिरे, १० का टोपबहादुर शाही, ४ का बब्लु भण्डारी र तरुण गौतम, ७ का रविन राणा, ४ का सन्तोष वली र कृष्ण बहादुर सुवेदी र वडा नं. १ का रहमान मिया पक्राउ परको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाइने प्रहरी उपरीक्षक रानाले बताए । सामूहिकरुपमा ठूलो धनराशी बाजी राखेर हारजित हुने गरी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

Next Post

बाँकेमा २३ जना संक्रमितको अवस्था गम्भीर

१३ कार्तिक २०७७, बिहीबार १३:१०
नेपालगञ्ज : बाँकेमा कोरोना भाइरसको संक्रमण भई उपचाररत २३ जनाको अवस्था गम्भीर रहेको छ । दुई आइसोलेशन भेरी अस्पताल नेपालगञ्जमा १६ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ जनाको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार गम्भीर […]

सम्बन्धित