कोरोनाबाट बाँकेका एकजनाको मृत्यु, १ संक्रमित थपिए

सदरलाइन संवाददाता २० मंसिर २०७८, सोमबार १५:३५
 

नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–८ बाँकेका ८२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

उनलाई गएको ९ गते कोरोना पुष्टि भएको थियो । त्यसैदिन उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार हुन नसक्दा उनको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या बाँकेमा ३४५ पुगेको छ ।


यस्तै पछिल्लो २४ घण्टामा थप एकजनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा ६७ जनाको नमुना जाँच्दा एकजनामा संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपचारमा सहयोगी मनको पर्खाइमा क्यान्सर पीडित सरिता

२० मंसिर २०७८, सोमबार १५:३५
नेपालगञ्ज :  घोराही उपमहानगरपालिका वडा नं. १५ की ५४ वर्षिया सरिता श्रेष्ठ केसी पाठेघरको क्यान्सरका कारण भरतपुरको क्यान्सर अस्पतालमा उपचारार्थ भर्ना भएकी छन् । अस्पतालको ४०२ नं. बेडमा उपचार गराई रहेकी सरिता आफ्नो उपचारमा सहयोग पुराई ज्यान जोगाई दिने सहयोगी मनको खोजीमा छन । पाठेघरको समस्याका कारण नेपाल भारतका विभिन्न […]

सम्बन्धित