बाँकेमा ३७ जना कोरोनामुक्त भई डिस्चार्ज

सदरलाइन संवाददाता ७ कार्तिक २०७७, शुक्रबार ०९:२३
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १७ पुरुष र २० महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय १५ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


बाँकेमा विरामी निको हुने दर ७९ दशमलव ८० प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका ५ सय ५७ र अन्य जिल्लाका १६ गरी ५ सय ७३ जना छन् । बाँकेमा हालसम्म २ हजार ९ सय १ जनामा कोरोना पुष्टि भएको छ भने २९ जनाको मृत्युु भइसकेको छ ।

Next Post

ठूलो परिमाणको अटो पार्ट्स बरामद

७ कार्तिक २०७७, शुक्रबार ०९:२३
नेपालगञ्ज : बाँके प्रहरीले ठूलो मात्रामा अटो पार्टसका सामान बरामद गरेको छ । भे १ ह ३७५१ नं. को अटो रिक्सामा राखेर नेपाल भित्र्याउँदै गरेको ५ लाखभन्दा बढी मूल्यको अटो पार्टस प्रहरीले बरामद गरेको हो । सामानसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज विष्णु […]