बाँकेमा बिहीवार ५१ जना कोरोनामुक्त

सदरलाइन संवाददाता ६ कार्तिक २०७७, बिहीबार ०९:०५
 

नेपालगञ्ज : बाँकेमा बिहीवार ५१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ३६ पुरुष र १५ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ७८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


बाँकेमा विरामी निको हुने दर ८० दशमलव १८ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका ५ सय ३४ र अन्य जिल्लाका १७ गरी ५ सय ५१ जना छन् । बाँकेमा हालसम्म २ हजार ८ सय ४१ जनामा कोरोना पुष्टि भएको छ भने २९ जनाको मृत्युु भइसकेको छ ।

Next Post

नवरात्रको छैठौं दिन कात्यायनीको पूजा गरिँदै

६ कार्तिक २०७७, बिहीबार ०९:०५
नेपालगञ्ज : बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन बिहीवार कात्यायनीदेवीको पूजा गरेर मनाइँदैछ । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतिकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दानलगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।