सदरलाइनडटकम,
बुटवल : रुपन्देहीको गैडहवा गाउँपालिकामा अज्ञात समूहले गोली चलाएर दुई लाख ४१ हजार रुपैयाँ लुटेका छन् । मंगलवार गैडहवा–३ मा गोली चलाएर गैडहवा ताल सरसफाई समितिको रकम लुटिएको हो ।
लुम्बिनीस्थित कृषि विकास बैंकबाट पैसा निकालेर आउँदै गरेका तोले पासीमाथि वडा नं. ३ मा मोटरसाइकलमा आएका २ जनाको अज्ञात समूहले गोली प्रहार गरी उक्त रकम लुटेर लगेको गाउँपालिका अध्यक्ष बछु केवटले पुष्टी गरे ।
ताल सरसफाई समितिको रकम लिएर १ ह ३३७ नम्बरको रिक्सामा पासी गैडहवा गाउँपालिका वडा नं ३ अहिरण्डी चोकमा आइपुग्दा उनीमाथि आक्रमण भएको हो । कुनै मानवीय क्षति भने नभएको गाउँपलिका अध्यक्ष केवटले बताए ।
