पटाका पट्काउदा ४ बालक घाइते

१६ कार्तिक २०७३, मंगलवार ०३:५१
 

सदरलाइनडटकम e705e5d35708de69a458c288141839ed
१६ कात्तिक, नेपालगन्ज :  नेपालगन्जमा पटाका पट्काउने क्रममा नेपालगन्जमा ४ जना बालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार नेपालगन्ज–१६ बेलासपुरमा साँझ करिव साढे छ बजे पटाका पड्काउने क्रममा उनीहरु घाइते भएका हुन ।
घाइते हुनेहरुमा १४ बर्षिय अदिन खान, ११ वर्षिय विश्वास यादव, १२ वर्षिय अमन पठान र १२ वर्षिय साइद खान रहेका छन् । उनीहरुको अनुहार हात खुट्टामा चोट लागेको छ । उनीहरुको भेरी अञ्चल अस्पतालमा उपचार हुँदै छ ।
बाँके प्रहरीले पटाकाका कारण हुनसक्ने संभावित दुर्घटनालाई निस्तेज पार्नको लागि पटाका नियन्त्रण अभियान पनि तीब्र पारेको छ । प्रहरीले विभिन्न स्थानबाट अबैध रुपमा विक्रि बितरणको लागि राखिएका पटाका नियन्त्रणमा लिएर नष्ट समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडक दुर्घटनामा एकको मृत्यु एक घाइते, अवस्था गम्भीर

१६ कार्तिक २०७३, मंगलवार ०३:५१
सदरलाइनडटकम ,  १६ कात्तिक, नेपालगन्ज :  पूर्वपश्चिम राजमार्गको कोहलपुर–बाँसगढी सडकखण्डको मदनचोक नजिकै मंगलबार विहान भएको सडक दुर्घटनामा एकको मृत्यु हुनुको साथै एक गम्भीर घाइते भएका छन । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक सुरेशप्रसाद काफ्लेले दिएको जानकारी अनुसार विहान ६ः३० बजे बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ ज ६९६ […]

सम्बन्धित