खजुरा गाउँपालिका अध्यक्ष कक्षपति कोरोना मुक्त हुँदै घरफर्के

सदरलाइन संवाददाता ११ आश्विन २०७७, आईतवार १९:१३
 

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति कोरोना मुक्त हुँदै घर फर्किएका छन् । कोरोना संक्रमणको महामारीको बेलामा जनताको काममा अहोरात्र खटिएकै बेला गत भदौ २८ गते उनलाई कोरोना संक्रमित भएका थिए ।

१४ दिनको आइसोलेसन बसाईपछि उनी आज घर फर्किएका हुन् । परिवारका सदस्यलाई पनि कोरोना देखिएकाले अध्यक्ष कक्षपतिसहित परिवारका अन्य ५ सदस्य पनि कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।


कोरोना जितेका अध्यक्ष कक्षपतिले अब फेरी निरन्तर खजुराको समृद्धि र विकासमा लाग्ने बताए । उनलाई खजुरा गाउँपालिका प्रमुख प्रकाशकीय अधिकृत मणिराम खराल, वडा नं. ७ का अध्यक्ष अतिउल्ला खान, राजनीतिक सल्लाहकार भीम ओली, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दिलबहादुर पौडेल, स्वास्थ्य शाखाका प्रतिनिधिलगायतले स्वागत गरेका थिए ।

 

Next Post

नेपालगञ्जमा सबैभन्दा बढी कोरोना संक्रमित

११ आश्विन २०७७, आईतवार १९:१३
  नेपालगञ्ज  : बाँकेका ८ वटा स्थानीय तह मध्ये नेपालगञ्ज उपमहानगरपालिकामा अहिलेसम्म सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ कार्यालय बाँकेको तथ्याङ्क अनुसार नेपालगञ्जमा अहिलेसम्म सबैभन्दा धेरै ८ सय ५९ जना कोरोना संक्रमित भेटिएका हुन् । यो तथ्याङ्क आईतबार साँझ ५ः३० सम्मको हो । तथ्याङ्क अनुसार डुडुवा गाँउपालिकामा भने […]

सम्बन्धित