बाँकेबाट एकैदिन ५० जना डिस्चार्ज

सदरलाइन संवाददाता १० आश्विन २०७७, शनिबार ०९:०२
 

नेपालगञ्ज : बाँकेमा शनिवार एकैदिन ५० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । भूमिसुधार तथा मालपोत कार्यालयका लेखा अधिकृतसहित ५० जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

उनिहरु भदौ २७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा बस्दै आएका थिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ११ पुगेको छ ।


अब जिल्लाका विभिन्न आइसोलेशन केन्द्रमा अन्य जिल्लाका ७ जना गरी ३ सय ५८ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Next Post

खोप आउनुपूर्व कोभिड–१९ले २० लाख मानिसको ज्यान लिनसक्छ : डब्लुएचओ

१० आश्विन २०७७, शनिबार ०९:०२
काठमाण्डौ : प्रभावकारी खोप पत्ता लाग्नु पूर्व विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख पुग्नसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ । डब्लुएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रियरुपमा महामारीविरुद्ध एकीकृत र प्रभावकारी काम नभएमा ज्यान गुमाउनेको संख्या अधिक हुन सक्ने बताएका हुन् । गत […]