बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

सदरलाइन संवाददाता ९ आश्विन २०७७, शुक्रबार ०८:२६
 

नेपालगञ्ज : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एकलैनीका ५२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहीवार राती २ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

ती पुरुषका स्वास्थ्यमा समस्या आएपछि असोज ५ गते राती ११ बजे उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको र कोरोनाको आशंकामा ६ गते बिहान स्वाब संकलन गरिएको थियो । सोही दिन दिउँसो उनको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयद्वारा जारी गरिएको प्रेस नोटमा जनाइएको छ ।


मृतक व्यक्तिको दुबै फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या रहेको उक्त नोटमा जनाइएको छ । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

Next Post

बाँकेमा थप पाँच जना कोरोनामुक्त

९ आश्विन २०७७, शुक्रबार ०८:२६
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । अब आइसोलेशनमा ३ सय ८४ जना छन् । बाँकेमा हालसम्म १ हजार ७ सय […]

ताजा अपडेट