नेपालगन्ज उप–महानगरद्वारा धुलोरहित सडक बनाउने अभियान जारी

२९ पुष २०७४, शनिबार २०:००
 

सदरलाइनडटकम
२९ पुस, नेपालगन्ज : धुलो र फोहर शहरको उपमा पाएको नेपालगन्ज अव केही दिन भित्रै धुलो मुक्त शहरको रुपमा परिणत हुने भएको छ । नेपालगन्जको सुर्खेतरोडमा धुलो उडेर हैरान भएपछि सडकको धुलो संकलन गरेर हटाउने कार्यलाई तीब्र पारिएको छ ।
सुर्खेतरोडमा हिड्ने पैदल यात्रुलाई धुलो उडेर हैरानी भएपछि नेपालगन्ज उप–महानगरले सुर्खेतरोड लगायतका मुख्य सडकहरुमा सरसफाईकर्मी परिचालित गरेर धुलो उठाउदै सफाई गर्न सुरु गरेको छ ।
धुलोका कारण सडक फोहर हुनुका साथै मानव स्वाथ्यलाई समेत असर पु¥याउँदै आएपछि उप–महानगरपालिकाले गत मंगलबारदेखि नै धुलो उठाउन शुरु गरेको प्रमुख कार्यकारी अधिकृत हरि प्याकुरेलले जानकारी दिए । उनले सडक किनारमा थुप्रीएको धुलो बडारेर २ वटा ट्रयाक्टरमार्फत उठाइने कार्य भइरहेको बताए ।
उप–महानगरका बातावरण तथा सरसफाई इन्जिीनियर प्रकाश डीसीले ८ जना सरसफाईकर्मीलाई परिचालित गरेर धुलो संकलन कार्यलाई प्रभावकारी बनाइदै लगिएको जानकारी दिए । सडकको धुलो सरसफाई अभियान एक हप्तासम्म जारी रहने इन्जिनियर डिसीले जनाए ।
एक हप्ताभित्र सुर्खेतरोड धुलोरहित बन्ने विश्वास गरिएको छ । अभियान लगत्तै स्थानीय उद्योगी÷व्यवसायीलाई फोहर नगर्न अपील गर्दै फोहर जथाभावी फाल्ने÷गर्नेलाई कानूनी सजाय बारे सचेत गरिने उप–महानगरपालिकाको तयारी छ ।
यस्तै नेपालगन्ज उप–महानगरपालिका–२ ले एक हप्ता अघिदेखि नै आफनो क्षेत्रका सम्पूर्ण सडकमा धुलो उठाईरहेको छ । केस नामक नीजी सस्थासँगको सहकार्यमा एक हप्तासम्म घरबारीटोल, न्यूरोड, सेतु विकचोक हुँदै बसपार्करोड, कारकाँदोचोकसम्मको सडकको धुलो उठाइएको वडा अध्यक्ष सुनिल सिंह हमालले जानकारी दिए ।


Next Post

अन्नपूर्ण पोष्टले ल्यायो नयाँ ग्राहक योजना

२९ पुष २०७४, शनिबार २०:००
सदरलाइनडटकम ३० पुस, नेपालगन्ज : अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकले वार्षिक ग्राहक योजना सुरु गरेको छ । राजधानीलगायत देशभर रहेका अन्नपूर्ण पोस्टका सबै क्षेत्रीय कार्यालयहरुमाफर्त आइतबार एकैसाथ ग्राहक योजनाको सुरुवात भएको योजना मध्य तथा सूदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगन्जले पनि वार्षिक योजनाको सुरुवात गरेको हो । बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा […]

सम्बन्धित