भारी वर्षाको सम्भावना : सचेत रहन आग्रह

सदरलाइन संवाददाता ७ आश्विन २०७७, बुधबार ०९:३१
 

नेपालगञ्ज : हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा भईरहेको र यो क्रम अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युनचापीय क्षेत्र रहेको र यो न्युनचापिय क्षेत्र पश्चिम उत्तरपश्चिम सर्दै गरेको महाशाखाले जनाएको छ । बुधवार दिउँसो देशभर सामान्यदेखि पुर्णतयः बदली रही देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १र२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्यदेखि पुर्णतयः बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Next Post

नेपालगञ्जको एतिहासिक रामलीला स्थगित

७ आश्विन २०७७, बुधबार ०९:३१
नेपालगञ्ज : हरेक वर्ष दशैंका अवसरमा नेपालगञ्जमा हुँदै आएको रामलीला यस वर्ष नहुने भएको छ । प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा हुँदै आएको रामलीला मञ्चन यसपाली कोरोना संक्रमणको विषम परिस्थितीलाई दुष्टिगत गर्दै स्थगित गर्ने निर्णय गरिएको हो । नेपालगञ्ज १३ बाँके बगीयामा घटस्थापनादेखि रामलीला हुने गर्दथ्यो । १ […]