सदरलाइनडटकम
४ असार, नेपालगन्ज : स्थानीय विकास मन्त्रालयबाट सरुवा भइ नेपालगन्ज उप–महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेका छन् ।
कार्यालयमा आईतबारबाट हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुवेदीलाई सोमबार औपचारिक स्वागत गरिएको छ भने प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेललाई सम्मान सहित विदाई गरियो ।
संघीय तथा स्थानीय विकास मन्त्रालयबाट आउनु भएका ४० वर्षिय सुवेदीलाई नगर प्रमुख डा धवल शम्शेर राणा र उपप्रमुख उमा थापामगरले अविर र फूलसहित स्वागत गरे भने सरुवा भई जिल्ला समन्वय समिति कार्यालय बाँकेमा जान लागेका प्याकुरेललाई मायाको चीनोसहित विदाई गरेका थिए ।
सो कार्यक्रममा प्याकुरेललाई प्रशंसा पत्र पनि प्रदान गरियो । वडा अध्यक्ष, उप–महानगरका कर्मचारी समेतको उपस्थिती रहेको कार्यक्रममा उपप्रमुख थापामगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन ।
नगर प्रमुख राणाले प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको काम गर्ने शैलीको प्रशंसा गर्दै थुपै्र जटील काम सजिलै फत्ते गरेको उदाहरण सुनाईन । उप–महानगरपालिकामा विकास तिव्र गतीमा बढीरहेको भन्दै नगर प्रमुख राणाले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिले सहज बातावरण बनाउने विश्वास व्यक्त गरे ।
जिल्ला समन्वय समिति बाँकेमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले जनप्रतिनीधी र कर्मचारीबीच सहज बातावरण बनेको भन्दै सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गरे । भर्खरै जिम्मेवारी सम्हाल्लेका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सरकारको म्याण्डेट अनुसार उपमहानगरपालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।