युवा क्लब व्यवस्थापन तालिम नेपालगञ्जमा शुरु

३ भाद्र २०७६, मंगलवार १८:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : युवा क्लब व्यवस्थापन सम्बन्धि दुईदिने तालिम मंगलवारबाट नेपालगञ्जमा शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडास्तरिय युवा क्लबका पद्दाधिकारीहरुका लागि युवा क्लब व्यवस्थापन बारे जानकारी दिन सो तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन शत्रमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गोर्खबहादुर थापाले शिक्षित भएमात्र युवाहरुको बिकास सम्भव भएको बताए । देश बिकास तथा समाजको उन्नतिका लागि समाजमा साक्षरको आवश्यकता रहेकाले शिक्षित बन्न जरुरी रहेको भन्दै उनले समाजको प्रगातिका लागि सबैको सक्रियता हुनुपर्ने बताए ।
हाम्रा, गाउँ समाजमा भएका समस्या उजागरका लागि युवा वर्गको भूमिका पनि महत्वपूर्ण भएको र उक्त समस्या समाधानका लागि पनि युवाको अग्रसरताको खाँचो रहेको थापाले धारणा राखे । उनले नेपालगञ्ज उपमहानगरपालिका साक्षरतर्फ उन्मुख रहेको जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय, सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक विकास मञ्चद्वारा युवा शशक्तिकरण बुलगारी परियोजनाअन्तर्गत आयोजित तालिमको उद्घाटन शत्रमा मञ्चका संस्थापक अध्यक्ष एव बरिष्ठ कार्यक्रम सल्लाहकार घनश्याम उपाध्याय, सेफ द चिल्ड्रेनका कार्यक्रम अधिकृत फुल कुमारी चौधरी, मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठको उपस्थिति रहेको थियो ।
नेतृत्व, समुह कार्य, युवा क्लबको रोल, महत्व, राष्ट्रिय युवा नीति, स्थानीय युवा मुद्दा, बिषयबस्तु पहिचान, कार्यक्रम कार्यान्वयन योजना, आर्थिक व्यवस्थापनका बारेमा तालिमलाई दुई दिनसम्म जिल्ला युवा क्बल संजालका अध्यक्ष आशिष बर्माले सहजीकरण गर्ने मञ्चका सुपरभाईजर बृजेश ठाकुरले बताए ।

Next Post

ट्रकले किच्दा बाँकेमा आधा दर्जन भेडा मरे

३ भाद्र २०७६, मंगलवार १८:१८
सदरलाइनडटकम, नेपालगञ्ज : ट्रकले किच्दा बाँकेमा आधा दर्जनभन्दा बढी भेडा मरेका छन् । नेपालगञ्ज कोहलपुर सडकखण्डअन्तर्गत हवल्दारपुरमा मिनिट्रकले किच्दा आधा दर्जनभन्दा बढि भेडा मारिएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ ख २१६६ नम्बरको मिनि ट्रकले बाटो काट्दै गरेका भेडाको हुललाई मंगलवार मध्यान्ह १२ बजे ठक्कर दिँदा उनीहरु मारिएका […]