सुबिसुको नयाँवर्ष योजना, ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ १ लाखसम्मको स्वास्थ्य बीमा

सदरलाइन संवाददाता ५ बैशाख २०७८, आईतवार १९:०७
 


काठमाण्डौ  : सुबिसु केबलनेटले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले १ लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने सुबिसुले जनाएको छ ।

स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट र क्लियर टीभी सेवाको नयाँ जडान तथा नवीकरणमा १ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको छ । सेवा २० एमबीपीएस भन्दा माथिको ब्याण्ड वीथमा लागु हुनेछ ।


कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको जनाएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले नेपाल र भारतमा उपचारार्थ १ लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास कम्पनीको छ । दैनिकीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनबाट बाँकेमा एक वृद्धको मृत्यु

५ बैशाख २०७८, आईतवार १९:०७
नेपालगञ्ज : कोरोनाबाट बाँकेमा एक पुरुषको मृत्यु भएको छ । कोहलपुर १४ निवासी ७५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट होम आइसोलेसनमै मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेजमा बैशाख ४ गते भर्ना भएका उनको आइतवार कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । उनको आइतवार राति १२ बजे घरमै मृत्युु भएको जिल्ला कोभिड–१९ […]