नेपालगञ्ज उपमहानगरका स्वास्थ्य शाखा प्रमुख चन्दलाई कोरोना संक्रमण

सदरलाइन संवाददाता २६ भाद्र २०७७, शुक्रबार १९:५८
 

 

नेपालगञ्ज  :  नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दलाई कोरोना संक्रमण भएको छ । लामोसमयदेखि बाँकेमा कोरोना संक्रमण बिरुद्धको अभियानमा अग्रपङ्तीमा रहेका उनी दुईदिन अघिमात्र कोरोना संक्रमणमा परेका हुन ।

स्वास्थ्य शाखा प्रमुखको रुपमा कोरोना रोकथाम र नियन्त्रणको अभियानमा नेतृत्वदायी भूमिकामा खटिएका चन्दलाई बिहिवार कोरोना पोजिटिभ देखिएको हो ।


लकडाउन सुरु हुनुभन्दा अघिदेखि नै चन्द कोरोना विरुद्धको अभियानमा सक्रिय भएर खटेका थिए । पछिल्ला ६ महिनामा दिनरात स्वास्थ्य उपचार र ब्यवस्थापनमा खटिएका चन्दले आफुलाई कोरोना भएको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आफुसंग निकट रहेकालाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् । उनी नेपालगञ्जको सिटि प्यालेसमा होटलको आईशोलेशनमा बस्दै आएका छन् ।

 

Next Post

शनिवार बाँकेबाट १५ जना डिस्चार्ज

२६ भाद्र २०७७, शुक्रबार १९:५८
नेपालगञ्ज : बाँकेबाट शनिवार १५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका ६ महिला र ९ पुरुषलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । आईसोलेशनमा रहँदा १४औं दिनमा कोरोनाको कुनै लक्षण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको श्रेष्ठले बताए । योसँगै […]

सम्बन्धित