अर्घाखाँचीका कोरोना संक्रमितको बाँकेमा मृत्यु

; २३ भाद्र २०७७, मंगलवार १२:४०
 

कोहलपुर (बाँके) : अर्घाखाँचीका एक कोरोना संक्रमित पुरुषको बाँकेमा निधन भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १२ का ४२ बर्षीय पुरुषको मंगलवार विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

ट्रिपर चालक ती पुरुष साउन २७ गते दुर्घटनामा परी भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको आशंकामा भदौ ४ गते स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । सोही दिन उनलाई युनिभर्सलले भैरहवाकै भिम अस्पतालमा पठाएको थियो ।


त्यसपछि उनलाई थप उपचारका लागि भदौ ११ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । गम्भीर खालको निमोनियाबाट ग्रसित ती पुरुषको उपचारका क्रममा विहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

यसअघि पनि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बाहिरी जिल्लाबाट आई उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो । ती मध्ये एक जना कैलाली र एक जना अछामका थिए ।

Next Post

भारतमा एकैदिन ११३३ संक्रमितको मृत्यु

२३ भाद्र २०७७, मंगलवार १२:४०
काठमाण्डौ : भारतमा पछिल्लो चौबिस घण्टामा थप ७५ हजार ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४२ लाख ८० हजार २३२ पुगेको छ । भारतका केद्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले चौबिस घण्टाको अवधिमा १ हजार १ सय ३३ जनाको कोरोना संक्रमणका […]

सम्बन्धित