रुसमा कोरोनाविरुद्ध खोपको सफल परीक्षण

; २० भाद्र २०७७, शनिबार १४:५८
 

काठमाण्डौ : रुसमा विकास गरिएको कोभिड–१९ विरुद्ध खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले दाबी गरेका छन् । बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा शुरु गएिको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो ।

उनीहरुलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन हप्तापछि बुस्टर डोज दिइएको थियो । सो खोपको परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका व्यक्ति समावेश थिए । उनीहरुलाई खोप दिइएको ४२ दिन पछि परीक्षण गर्दा सबैमा तीन हप्ता भित्रै रोगसँग लड्ने एन्टिबडी पैदा भइसकेको थियो ।


अध्ययनका क्रममा सबैमा टाउको र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट पाइए पनि अन्य कुनै गम्भीर साइडइफेक्ट नभएको पाइएको छ । सो खोपको परीक्षण रुसी राष्ट्रपति भ्यादिमिर पुटिनकी छोरीमा पनि गरिएको र उनले राम्रो अनुभव गर्नुका साथै उनमा धेरै मात्रामा एन्टिबडी उत्पन्न भएको पुटिनले जानकारी गराएको समाचारमा जनाइएको छ ।

रुसले सो खोप ठूलो संख्यामा यही सेप्टेम्बरभित्र उत्पादन थाल्ने र एक वर्षमा ५० करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ । (एजेन्सी)

Next Post

भेरीको परीक्षणमा सोह्र जनामा कोरोना पुष्टि

२० भाद्र २०७७, शनिबार १४:५८
नेपालगञ्ज : बाँकेका ७ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नेपालगञ्जका ६, कोहलपुरका १, बर्दियाका ६, सुर्खेतका २ र कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको हो । सुर्खेतबाट उपचारकालागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएकी महिलामा संक्रमण देखिएको हो । […]