काठमाण्डौ : कोरोना भाइरस संक्रमणसँग जुधिरहेका भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमवार अपरान्ह निधन भएको छ । ८४ वर्षीय मुखर्जीको निधन भएको पुष्टि उनका छोरा अभिजितले गरेका छन् ।
कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका उनको साउन २६ मा मस्तिष्काघात भएर र शल्यक्रिया गरिएको थियो । उनि भारतको तेह्रौं राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म कार्यरत थिए ।
भारतीय विदेश मन्त्रीमा लामो समय रहेका उनले नेपालका दलहरु बीच दिल्लीमा सम्पन्न १२ बुँदे समझदारी गराउनमा महत्वपूर्ण भूमिका खेलेको बताउने मुखर्जी राष्ट्रपति हुनु अघिसम्म भारतीय कंग्रेसका शिर्षस्थ नेता थिए ।