पुर्वाधार बाँकेका प्रमुख घुससहित पक्राउ

; १५ भाद्र २०७७, सोमबार १७:२६
 

नेपालगञ्ज : पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिषकुमार अर्याल घुससहित पक्राउ परेका छन् । सेवाग्राहीवाट रकम लिई बुटवल गएको भन्ने सूचनाका आधारमा प्रमुख अर्याललाई ५ लाख ३० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कार्यालय प्रमुख अर्याललाई स्रोत नखुलेको उक्त रकम र ३३–१–०९६१ नम्वरको गाडीसहित भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नम्वर ५ बुटवलको कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको हो ।


प्रमुख अर्याललाई विशेष सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरी अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।

Next Post

“मेरो जीवन साथी तिमी” बजारमा

१५ भाद्र २०७७, सोमबार १७:२६
लक्ष्मी तिमिल्सेना/नेपालगञ्ज : मोडल राजेश बिसीको म्युजिक भिडियो सार्बजनिक भएको छ । “मेरो जीवन साथी तिमी” बोल रहेको गीतमा गायक बिपी वाग्ले र गायिका रजिना रिमालको स्वर रहेको छ । गीतमा शब्द बरिष्ठ गीतकार डा.भोला रिजालको छ भने पण्डित इन्दु प्रकाश त्रिवेदीको संगीत र संगीत संयोजन सन्दिप कार्की ढलीको रहेको […]