बाँकेमा कोरोना ग्राफ बढ्यो, ३६ जना थपिए

सदरलाइन संवाददाता ६ आश्विन २०७८, बुधबार १५:१९
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १४१ नमुना परीक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बुधवार संक्रमण पुष्टि भएका सबै भेरी अस्पतालमा गरिएको नमुना परीक्षण मध्येका हुन् ।

मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा ६२ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । ३६ जना संक्रमित मध्ये बाँकेमा २२ जना हुन् । नेपालगञ्जका १७, कोहलपुरका ३, खजुराका २ र राप्तीसोनारीका १ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ७० पुगेको छ ।


यस्तै बुधवार थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ६५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मिटर जडानको माग गर्दै नेपालगञ्जमा डेलिगेशन

६ आश्विन २०७८, बुधबार १५:१९
नेपालगञ्ज : मिटर जडानको माग गर्दै बाँके राप्तीसोनारीका स्थानीयले बुधवार विद्युत प्राधिकरण नेपालगञ्जमा डेलिगेशन आएका छन् । बिद्युतीकरणको काम सम्पन्न भएपनि मिटर जडानमा ढिलाई भएको भन्दै राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनिधी, राजनीतिक दलका नेता, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी, स्थानीय उपभोक्तालगायत डेलिगेशनमा आएका हुन् । उनीहरुले नेपाल बिद्युत […]