नेपालगञ्जमा दिनदहाडै मोटरसाइकल चोरी

३१ असार २०७६, मंगलवार १८:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा दिनानुदिन चोरीका घटना बढ्न थालेका छन् । सुर्खेतरोडमा नौ वटा पसलबाट एकसाथ चोरी भएको घटना सेलाउन नपाउँदै मंगलवार दिउँसो सुर्खेतरोडमै मोटरसाइकल चोरी भएको छ । एनआइसी एशिया बैंक अगाडी पार्किङ गरि राखिएको भे ८ प ६९४५ नम्बरको मोटरसाइकल दिनदहाडै चोरी भएको हो ।
मोटरसाइकलबाट आएका जानकी गाउँपालिका वडा नं. ५ का लवकुश यादव बैंकमा पैसा झिक्न एनआइसी एशिया बैंकभित्र गएर आउँदा उनको मोटरसाइकल गायब भयो । दश मिनेटमै फर्केका यादवले मोटरसाइकल खोज्दा नभेटाएपछि आफु छक्क परेको बताए ।
यस्तो ब्यस्त स्थान र सिसी क्यामेरा जडान भएको ठाउँमा यति चाँडो चोरी हुँदा अचम्म लागेको यादवको भनाई छ । नेपालगञ्जमा चोरको बिगबिगी बढीरहेको समयमा यसरी दिउँसै अतिब्यस्त स्थानबाट चोरी हुनुले चोरहरुको मनोबल बढ्दै गएको स्थानीय बताउँछन् । बाँकेमा नयाँ प्रहरी प्रमुख आएलगत्तै चोरीका घटना बढ्दै गएको भन्दै बाँकेवासी आक्रोशित भएका छन् ।

Next Post

मालपोतको नगद कारोबार बैंकमार्फत गरिने

३१ असार २०७६, मंगलवार १८:२८
सदरलाइनडटकम, नेपालगञ्ज : भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा विगतमा संकलन हुने राजश्व जोखिम मोलेर तीन किलोमिटर टाढाको राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरिन्थ्यो । सेवाग्राहीलाई समेत कार्यालयमा भिडभाड हुने हुँदा अस्तव्यस्त थियो । अब भने सम्पूर्ण राजश्व सम्बन्धी नगद कारोबार बुधवारदेखि बैंकमार्फत गर्न शुरु गरिएको छ । मालपोत कार्यालय नजिकै […]

सम्बन्धित