मोहम्मद डे का अवसरमा सोमबार नेपालगञ्जमा सार्वजनिक विदा

सदरलाइन संवाददाता ३० भाद्र २०८१, आईतवार १७:०७
 
फाईल फोटो

नेपालगञ्ज :  ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सवको सोमबार मुस्लिम समुदायले हर्षोउल्लासका साथ मनाउने भएका छन् । ‘मोहम्मद डे’ को अवसरमा नेपालगञ्ज उपमाहनगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

सोमबार (भोलि) परेको मोहम्मद डेको अवसरमा उपमहानगरले सार्वजनिक बिदा दिएको हो । नेपालगञ्ज उपमहानगरले आइतबार एक सूचना जारी गर्दै उपमहानगरका २३ वटै वडा कार्यालय, शैक्षिक संस्थाहरु, उपमहानगर अन्तर्गतका कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरुबाट प्रदान हुने अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका कार्यालयहरुलाई सार्वजनिक विदा दिईएको जनाईएको छ ।

नेपालगञ्ज उपमहानगरका उपप्रमुख तथा कार्यबाहक प्रमुख कमरुद्धिन राईले एक विज्ञप्ती जारी गर्दै सोमबार मोहम्मद डेको अवसरमा नेपालगञ्जमा अत्यावश्यक सेवाका बाहेकमा सार्वजनिक विदा दिईएको हो ।


इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सवको अवसरमा मुस्लिम समुदायले विशेष पर्वकारुपमा मनाउने गर्दछन् । नेपालगञ्जमा उनीहरुद्वारा विषेश झाँकी र्याली समेत निकाल्ने परम्परा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आधाकिलो चरेशसहित रोल्पा मिरुलकी बुढा भारतमा पक्राउ

३० भाद्र २०८१, आईतवार १७:०७
नेपालगञ्ज : प्रतिबन्धित लागुऔषध चरेशसहित एक नेपाली महिला भारतीय सीमावर्ती बजार रुपाईडिहामा पक्राउ परेकी छन् । भारतीय प्रहरीले ती महिलाका साथबाट आधाकिलो चरेश बरामद गरेको जनाएको छ । रुपईडिहा थाना ईञ्चार्ज शम्शेर बहादुर सिँह र एसएसबी ४२औं बाहिनीका उप कमाण्डेन्ट रमनलालको संयुक्त टोलीले खानतलाशी गर्दा ५ सय ग्राम चरेशसहित रोल्पा […]

सम्बन्धित