चोरीको मोटरसाईकलसहित तीन जना पक्राउ

१३ मंसिर २०७६, शुक्रबार १६:४८
 

सदरलाइनडटकम,
बर्दिया : बर्दियामा चोरी गरेको मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले चोरीका मोटरसाईकलसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका बस्ने अन्दाजी २९ बर्षका राम बहादुर नेपाली, बर्ष ३३ का दिनेश ढकाल र सोही ठाँउ बस्ने बर्ष ३३ का अशोक क्षेत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बढैयाताल गाउँपालिकाबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख लोकेन्द्रबहादुर मल्ल र मोवाईल गाडी डिउटी कमाण्डर महाविर चौधरीको सयूक्त सवारी चेकजाँच टोलीले सवारी जाँच गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको हो ।
चोरीको मोटरसाईकलसहित तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीहरुबाट भे ९ प ३७४५, भे ७ प ४७७३ र भे ९ प ९०९६ रातो कालो रङको तीन वटा १५० सिसिको पल्सर मोटरसाईकल पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Next Post

योग समिति नेपालको अध्यक्षमा भट्टराई

१३ मंसिर २०७६, शुक्रबार १६:४८
सदरलाइनडटकम, नेपालगञ्ज : योग समिति नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । नियमित योग प्रशिक्षणलगायत गतिविधि गर्दै आएको योग समितिको शनिवार नेपालगञ्जमा सम्पन्न प्रथम भेला तथा अधिवेशनले गिरीराज भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसहमत निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिलकुमार गुप्ता, लोकमाया सुवेदी(सुमित्रा), सचिवमा निर्मला शाह, सहसचिवमा […]