बाँकेका दुईवटा प्रयोगशालामा परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि

२ भाद्र २०७७, मंगलवार १५:५९
 

नेपालगञ्ज : मंगलवार बाँकेका दुईवटा प्रयोगशालामा परीक्षण गर्दा बाँकेमा थप १२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका ११, बर्दियाका २ र सुर्खेतका १ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यस्तै बागेश्वरी डायग्नोस्टिक ल्याब नेपालगञ्जमा गरिएको परीक्षणमा १ जनासँगै बाँकेमा १२ गरी कुल १५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा थपिएका संक्रमितमध्ये एक जना खजुराका हुन् भने बाँकी सबै जना नेपालगञ्जको विभिन्न वडाका बासिन्दा भएको भेरी अस्पतालले जनाएको छ ।

Next Post

कोरोनाबाट मृत्यु भएका पुरुषको अन्त्येष्टि

२ भाद्र २०७७, मंगलवार १५:५९
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ६२ वर्षीय कोरोना संक्रमित एक पुरुषको मंगलवार अन्त्येष्टि गरिएको छ । उनको स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार नेपाली सेनाले अन्त्येष्टि गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङको नेतृत्वमा नेपाली सेनालगायतको उपस्थितिमा मुस्लिम परम्पराअनुसार नेपालगञ्जस्थित […]