त्रिवेणी मोडमा बेवारिसे भेटिएको सुटकेशमा कपडा !

२९ श्रावण २०७७, बिहीबार २३:१०
 

नेपालगञ्ज : नेपालगञ्जको त्रिवेणीमोडमा शंकाष्पद अवस्थाको सुटकेस भित्र कपडा फेला परेको छ । कोभिड–१९ नोबल कोरोनाको महामारीको कारणले लकडाउन चलिरहदा अज्ञात व्यक्तिले बिहिबार बेलुकी पख सुटकेश छोडेर गएपछि सो क्षेत्र त्रसिद बनेको थियो ।


बन्द पसलको अगाडि तालाचाबी लगाएको सुटकेस बेवारिसे अवस्थामा भेटिए लगत्तै स्थानीयले शंकास्पद बस्तु बम भएको हुनसक्ने भन्दै प्रहरिलाई खबर गरेका थिए । स्थानीयले खबर गरे लगत्तै प्रहरी उक्त स्थानमा पुगि अनुसन्धान सुरु गरेको थियो ।

घट्नास्थलमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले भेटिएको सुटकेश खोलेर हेर्दा कपडा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज खत्रीले सुटकेशभित्र कपडा बाहेक अरू केही नभएको जानकारी दिए ।

Next Post

ब्राउन सुगरसहित दुई लोनिया पक्राउ

२९ श्रावण २०७७, बिहीबार २३:१०
नेपालगञ्ज  : बाँके प्रहरीले नेपालगञ्ज–२२ शान्तिचोकबाट अवैध लागू औषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार दिउसो ३ बजे सुराकीले दिएको जानकारी अनुसार शान्तिचोकबाट वर्ष ३२ को राकेशकुमार लोनिया र वर्ष २८ को छविलाल लोनियालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव […]