बाँकेमा स्वाब संकलनमा खटेका स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टी

४ श्रावण २०७७, आईतवार १७:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोराना बिरुद्धको अभियानमा फ्रण्टलाईनमा स्वाब संकलनमा खटेका एक ३९ वर्षिय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टी भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार पालिकाको स्वास्थ्य शाखामा खटेका ती स्वास्थ्यकर्मी प्रयोगशालामा काम गर्दै आएको र कोरोना परिक्षणको लागि स्वाब संकलनमा खटेका थिए ।


फोकलपर्शन श्रेष्ठले स्वाबको नमुना शनिबार संकलन गरि भेरी अस्पतालको प्रयोगशालामा परिक्षण गरिदा ती स्वास्थ्यकर्मीमा संक्रमण भएको पाईएको पुष्टी गरे । फ्रण्टलाईनमा कार्यरत स्वास्थ्यकर्मी संक्रमणमा परेको दोस्रो व्यक्ति हुन ।

भेरी अस्पताल नेपालगन्जमा आईतबार गरिएको स्वाब परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । ती मध्ये बाँके १ जना, सल्यानमा २, दाङ्गका ३ र रोल्पाका ४ जनामा कोरोना पुष्टि भएको हो ।

Next Post

लयान्सद्वारा स्वास्थ्य कार्यालय बाँकेलाई पाँचसय थान भिटिएम किट हस्तान्त्रण

४ श्रावण २०७७, आईतवार १७:१६
सदरलाइनडटकम, नेपालगञ्ज : लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ ले कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणको परिक्षणको लागि आवश्यक पर्ने भिटिएम किट हस्तान्त्रण गर्ने कार्य जारी राखेको छ । लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का पूर्व डिस्टिक गर्भनर तथा समाजसेवी सेम शाक्य, पूर्व डिस्टिक गर्भनर मधुसुदन शर्मा रिजाललगायतको विषेश पहलमा […]

ताजा अपडेट