बाँकेमा १५ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ३ आश्विन २०७७, शनिबार १३:५५
 

नेपालगञ्ज : बाँकेमा शनिवार १५ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा १५ र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा ८ गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७० पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । कोरोनाबाट बाँकेमा हालसम्म १ हजार २ सय ३ जना निको भएका छन् भने ९ जनाको मृत्युु भइसकेको छ ।

Next Post

बाँकेको पहिलो कोरोना बिशेष अस्पताल बन्द

३ आश्विन २०७७, शनिबार १३:५५
खजुरा (बाँके) : बाँकेको खजुरास्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आईसोलेशन अस्पताल शनिवारदेखि बन्द भएको छ । क्यान्सरका बिरामीलाई उपचार गर्ने उद्देश्यले आईसोलेशन सेन्टर बन्द गरिएको हो । प्रदेश ५ सरकारले क्यान्सर अस्पताल खजुरालाई गत बैशाखदेखि कोरोना बिशेष आईसोलेशन अस्पतालका रुपमा स्थापना गरेको थियो । बाँकेमा सुबिधा […]

ताजा अपडेट