अन्तराष्ट्रिय स्तरको नृत्य प्रतियोगीताको अडिसन हुँदै

१३ कार्तिक २०७४, सोमबार १८:३४
 

सदरलाइनडटकम   
१३ कात्तिक, नेपालगन्ज : चर्चित गायक समिर आचार्यका दुई गीतहरुमा अन्तराष्ट्रिय स्तरको नृत्य प्रतियोगीता गरिने भएको छ । अमेरिकाबाट सञ्चालित युएस खबरअनलाईनले गायक समिरका हालै सार्वजनिक भएका ‘घिन घिन बज्यो मादल’ र ‘मेरो स्टाईल यस्तै छ’ बोलका गीतहरुमा नृत्य प्रतियोगीता गर्न लागेको हो ।
नेपालगन्जमा पत्रकार सम्मेलन गरि मंगलबारदेखि प्रतियोगिता सुरु हुने जनाएको छ । यी दुई मध्य कुनै एउटा गीतमा नृत्य गरेर निर्माण गरेको भिडियोका आधारमा पहिलो, दोस्रो र तेस्रो छनौट गरिने छ । प्रतियोगीतामा पहिलो हुने नृत्य समुहले दुई लाख नगद र अष्ट्रेलिया भ्रमणको अवसर पाउने कार्यक्रम संयोजक देवेन्द्र बस्नेतले जानकारी दिए ।
यसैगरि दोस्रो हुने समुहले एक लाख नगद पुरस्कार सहित म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने भएको छ भने तेस्रो हुने समुहले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
‘विश्वका जुन कुनाबाट पनि यो प्रतियोगीतामा सहभागीता जनाउन सकिने छ,’ यो प्रतियोगीताका संयोजक बस्नेतले प्रतियोगीता बारे जानकारी दिँदै पत्रकार सम्मेलनमा भने ‘खासगरि नृत्य प्रतियोगीतालाई अन्तराष्ट्रिय फोरम उपलब्ध गराउने यो प्रतियोगीताको मिशन हो ।’
आयोजकका अनुसार नृत्य गरेर आयोजक संस्था युएसखबर अनलाईनको आधिकारीक ईमेल वा फेसबुक पेजमा भिडियो पठाउनु पर्ने छ । यसरी प्राप्त भिडियोहरु मध्य निर्णायकहरुले उत्कृष्ट छनौट गर्ने छन् ।
प्रतियोगीताको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन एण्ड भिजा कन्सल्टेन्सी रहेको छ भने एचडि ईन्टरनेशन र एसपी नर्सिङ कलेज सहयोगीका रुपमा रहेका छन् । कार्यक्रम पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुकको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा दुई जना ब्रउनसुगरका कारोबारी पक्राउ

१३ कार्तिक २०७४, सोमबार १८:३४
सदरलाइनडटकम  १३ कात्तिक, नेपालगन्ज : बाँके प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउनसुगर भारतबाट ल्याएर नेपालमा बिक्री बितरण गर्ने दुइ जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट लुकाई छपाई नेपाल ल्याउँदै गरेका बहराईच नानपाराका सोनु राई तथा नेपालमा बिक्री गर्ने घोराही ५ का प्रमोद प्रछाईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय […]