अर्को सूचना नआउदासम्म यातायात र आन्तरिक राजस्व बन्द राख्न निर्देशन

१२ श्रावण २०७७, सोमबार १८:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला स्तरिय काभिड–१९ व्यवस्थापन केन्द्र, बाँकेको सोमबारको बैठकले आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखा परेकाले अर्को सूचना नआउदासम्म यी कार्यालय बन्द राख्ने निर्णय गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङ्गको अध्यक्षतामा बसेको सो केन्द्रको बैठकले यी दुई कार्यालयलाई अर्को सूचना नहुँदासम्म बन्द राख्ने गरी शिल गरिएको हो । यी दुबै कार्यालय अत्याधिक जनसम्पर्क हुने कार्यालय हुन ।


सो बैठकले कोरोनाको संक्रमण समाप्त भइनसकेकाले सवै पालिकाले आईसोलेसन सेन्टर र क्वारेन्टाईन यथास्थितिमा राख्न आग्रह गर्दै सबै पालिकाले कम्तीमा एउटा २५–२५ बेडको आईसोलेसन सेन्टर र क्वारेन्टाईन राखिराख्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले बताए ।

उनले सो बैठकले सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र सेनिटाइजर प्रयोग गाराउन प्रचार प्रसार गर्ने निर्णय गरेको छ । प्रहरी प्रशासनदेखि पालिकासम्मलाई यी कार्यमा खटाईने बताए । बैठकले कोभिड–१९ को जोखिम कायमै रहेको कारण जनसम्पर्क बढी हुने तथा सबै सरकारी कार्यालयका प्रमुखलाई पनि स्वास्थ सावधानी अपनाउन निर्देशन दिएको छ ।

Next Post

३८औ वीपी जयन्तीका अवसरमा बृक्षारोपण

१२ श्रावण २०७७, सोमबार १८:१७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली काँग्रेस क्षेत्र नं. २ बाँकेले ३८ औ वीपि जयन्तीको अवशरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बागेश्वरी मन्दीर परिसमा एक कार्यक्रमको आयोजना गरी बृक्षा रोपण गरिएको हो । सो कार्यक्रममा पाँच नंम्बर प्रदेस सभामा नेपाली काँग्रेस संसदिय दलका सचेतक सुरेन्द्र हमालले वीपीको सिद्धान्तलाई आत्मसाथ गर्न सके […]

सम्बन्धित