सदरलाइनडटकम,
वीरगञ्ज : वीरगञ्जको नयाँ बसपार्कबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको कोलकता शिविपुरका ३० वर्षीय शहनवाद अब्दुल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले शनिवार बिहान नियमित जाँचका क्रममा वीरगञ्जबाट भारत तर्फ जाँर्दै गरेका अब्दुललाई रोकी जाँच गर्दा २४ किलो चरेश फेला पारेको हो । उनलाई आवश्यक अनुसन्धनाका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।
