छुट्टाछुट्टै मुद्दामा फरार बाँकेमा दुईजना पक्राउ

सदरलाइन संवाददाता ४ कार्तिक २०७८, बिहीबार १५:३७
 

नेपालगञ्ज : छुट्टाछुट्टै मुद्दामा फरार दुईजना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । लागु औषध र बाल यौन दुराचार मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१४ हवलदारपुरका ३२ वर्षीय राजकुमार चिडिमार र कोहलपुर नगरपालिका–१३ सिमरीका ३७ वर्षीय छविलाल रासकोटी रहेका छन् ।


चिडिमारलाई गएको माघ १४ गते जिल्ला अदालतले लागु औषध मुद्दामा २ महिना ७ दिन कैद फैसला तोकेका थियो । तर उनी फरार थिए । उनलाई घरैबाट आज पक्राउ गरिएको हो ।

यस्तै रासकोटी बाल यौन दुराचार मुद्दामा गएको माघ २८ गते दोषी ठहर भएका थिए । उनलाई जिल्ला अदालतले ३ वर्ष कैद र ३ हजार जरिवाना तोकेको थियो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फेसबुकको नाम फेरिदै

४ कार्तिक २०७८, बिहीबार १५:३७
नेपालगञ्ज :  बहु प्रयोगमा रहेको सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ । सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदल्न लागेको हो । यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ […]