आन्तरिक राजश्व कार्यालय बन्द

११ श्रावण २०७७, आईतवार १३:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कर अधिकृतलाई कोरोना भाइरस देखिएपछि नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालय बन्द गरिएको छ । आइतवार एकदिनका लागि बन्द गरिएको आन्तरिक राजश्व कार्यालयका सबै कर्मचारी क्वारेन्टिनमा छन् ।
उनीहरु सबैको पिसिआर परीक्षण गरिँदैछ । शनिवार एकजना कार्यालयका कर अधिकृतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । नियमित काममा खटिने कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालयका अन्य कर्मचारी तनावमा छन् ।

Next Post

काठमाण्डौ बाहिर कोरोना परीक्षणमा भेरी पहिलो

११ श्रावण २०७७, आईतवार १३:५२
सदरलाइनडटकम, नेपालगञ्ज : पोलिमरेज चेन रियाक्सन पीसीआर परीक्षणमा काठमाण्डौ बाहिर नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना परीक्षण प्रयोगशाला पहिलो भएको छ । पीसीआर परीक्षण गर्नेमा पहिलो स्थानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौ र दोस्रोमा भेरी अस्पताल नेपालगञ्ज रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमै नमूना परीक्षणमा दोस्रो स्थानमा परेपछि भेरी अस्पताल विकास […]