लैंगिक हिंसा प्रभावितका लागि लुम्बिनीमा पुर्नस्थापना गृह निर्माण गरिदै

सदरलाइन संवाददाता २० मंसिर २०८१, बिहीबार १०:३८
 

देउखुरी (दाङ्ग) : लैंगिक हिंसा प्रभावितलाई पुर्नस्थापना गर्ने उदेश्यका लागि लुम्बिनी प्रदेश सरकारले पुर्नस्थापना गृह निर्माण गर्ने भएको छ ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा दाङको घोराहीमा पुर्नस्थापना गृह बनाउन थालिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

एसियाली विकास बैंकका प्रतिनिधि मण्डल संगको भेटमा मुख्यमन्त्री चेतनारायण आचार्यले जग्गा प्राप्तीको काम अन्तिम चरणमा पुगेको, लगत्तै भवन निर्माणको ठेक्काको काम अघि बढ्ने जानकारी दिए ।


‘हिंसामुक्त समाज निर्माण गर्ने प्रदेशको संकल्प छ । यसका लागि हिंसा प्रभावितहरुको न्यायमा सहज पहुँच पु¥याउन, समाज र घर परिवारमा पुर्नस्थापनाको लागि पुर्नस्थापना गृहको आवश्यकता परेको हो’ मुख्यमन्त्री आचार्यले भने, ‘सामाजिक न्याय र समतामुलक समाज निर्माण गर्ने संकल्प प्रदेश सरकारको छ ।’

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले हिंसाप्रभावितहरुको न्यायको लागि अन्य क्षेत्रहरुमा पनि पुर्नस्थापना गृहको आवश्यकता रहेको औंल्याउए ।

यसैविच एसियाली विकास बैंकको अनुदान सहयोगमा प्रदेशका पाँच जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन निर्माणको काम पनि अघि बढेको छ । रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, बर्दिया र अर्घाखाँची स्थित प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण गर्न थालिएको हो ।

महिला समुत्थान परियोजना अन्तरगत सेवा केन्द्र र पुर्नस्थापना गृह निर्माणको प्रकृया अघि बढेको हो । लैंगिक हिंसा न्यूनिकरण गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य सहित परियोजना लागु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न लुम्बिनीमा बिशेष कार्यक्रमः मुख्यमन्त्री आचार्य

२० मंसिर २०८१, बिहीबार १०:३८
देउखुरी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रदेश स्तरीय खाद्य सुरक्षा तथा बहुक्षेत्रीय पोषण बिषयक अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रमलाई दाङको भालुबाङमा बिहिवार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न उच्च प्राथमिकतामा राख्दै बिशेष […]