सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको खजुरामा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जले मंगलवार जारी गरेको सूचनाअनुसार खजुरा गाउँपालिका वडा नं. २ का तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
क्वारेन्टाइनमा बसेका ३४, ३१ र ३८ वर्षका पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । यस्तै भरै अस्पतालमै गरिएको परीक्षणमा दाङका तीन जना पुरुषमा संक्रमण देखिएको छ ।

