एमाले बाँकेको तीन दिने स्कुल अभियान समापन

सदरलाइन संवाददाता २१ आश्विन २०८०, आईतवार २२:१३
 

नेपालगञ्ज : एमाले बाँके जिल्ला स्कुल विभागको आयोजनामा पार्र्टीका पालिका कमिटीलाई लक्षित गरी नेपालगञ्जमा संचालनमा रहेको तीन दिने स्कूल आइतबार सम्पन्न भएको छ ।

स्कुलमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीका मुल रणनीति तथा कार्यक्रमका साथै विभिन्न मिसन सफल बनाउनका लागि निश्चित अभियान अन्तरगत पार्टी स्कुल पनि एक अभियान भएको बताए ।

उनले मिसन २०८४ मा एमाले पार्टी कमिटीको जति भुमिका भन्दा बढी भुमिका जनवर्गिय संगठनले निर्वाह गर्नु पर्ने उल्लेख गर्दै जनवर्गिय संगठन संचालनका नीति निर्देशन तथा व्यवहारिक पक्षमा प्रस्तुती दिएका थिए ।


एमाले पार्टी स्कुलमा बाँके जिल्लाका ८वटैं पालिकाका पदाधिकारीको मात्र सहभागिता रहेको थियो । गत १९ गतेदेखि संचालन भएको सो पार्टी स्कूलको उदघाटन एमालेका केन्द्रीय स्कूल विभागका प्रमुख तथा केन्द्रीय उपमहासचिब प्रदीप ज्ञवाली गरेका थिए ।

पार्टी स्कुलमा एमाले पोलिटव्यूरो सदस्य, खेममान खडका, लुम्बिनी प्रदेश स्कुलका संयोजक लक्ष्मण ज्ञवाली, केन्द्रीय सदस्यहरु, सूर्य ढकाल, केन्द्रीय लेखा आयोगका सदस्य विजया धिताल, प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, स्कुल विभाग प्रमुख एवम उपाध्यक्ष डिल्ली बि.सी. सचिब रत्न खत्री लगायतकाको प्रस्तुती रहेको थियो । हरेक दिनको स्कूलको मुल्याकन केन्द्रीय सदस्य हारुन हलुवाई, शान्ति ढकाल र केन्द्रीय अनुसान आयोगका सदस्य देवराज भारले गरेका थिए ।

पार्टी स्कूल तीन दिन विहान ११ बजेदेखि साँझ ५ बजेसम्म संचालन भएको एमाले जिल्लातहमा बाँके जिल्ला पहिलो भएको विभागीय प्रमुख बिसीले बताए । उनका अनुसार तीन दिनसम्म पार्टीका दर्शन, नीति, कार्यक्रम, अभियान र राजकीय शासन संचालनका विषयमा यसरी गहन रुपमा स्कुल संचालन हुने नेकपा(एमाले) मात्रै पार्टी हो ।

तीन दिने स्कुलमा जनताको बहुदलीय जनवाद(जबज) जनसंगठन सञ्चालन, परिचालन र कार्यक्रम, महाधिवेसनबाट पारित राजनीतिक कार्यक्रम, कार्यदिशा, समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा, आर्थिक व्यवस्था र प्रणाली, लेलिनवादी संगठनात्मक सिद्धान्त (जनवाद र केन्द्रीयता) ,सूचना प्रविधि, संचारको प्रयोग र उपयोग, विधान र यसका प्रावधानका विषयमा स्कुल संचालन भएको थियो । स्कुलमा हरेक विषयको प्रस्तुती र त्यसै प्रस्तुतीमा अन्तरक्रिया समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके ट्राफिक प्रहरीद्धारा पर्व लक्षित यात्रु सहयाता कक्ष स्थापना

२१ आश्विन २०८०, आईतवार २२:१३
नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले विभिन्न पर्वलाई लक्षित गरि तीन स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ । दसैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरी बाँकेको नेपालगञ्ज बसपार्क, जमुनाहा भन्सार नाका र कोहलपुर बसपार्क गरी तीन स्थानमा आइतबारदेखि ‘यात्रु सहायता कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याइएको हो । दसैँ, […]