बाँके निर्वाचन क्षेत्र न.१ बाट संघमा माओवादी केन्द्रले ७ जनाको नाम सिफारिस गर्यो

सदरलाइन संवाददाता २७ भाद्र २०७९, सोमबार २३:३०
 

 


नेपालगञ्ज :  आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि बिभिन्न राजनीतिक दलद्वारा उम्मेदवार सिफारिस गर्ने कार्य बाँकेमा जारी छ । पछिल्लो समय माओवादी केन्द्रले बाँके निर्वाचन क्षेत्र नं. १ मा ७ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

पार्टी निकट स्रोतले दिएको जानकारी अनुसार सत्ता गठबन्धनबाट बाँके निर्वाचन क्षेत्र न. १ संघमा माओवादी केन्द्रको भागमा पर्ने निश्चित भएपछि सो क्षेत्रमा आकांक्षि धेरै निस्किएको भएपनि प्रत्यक्षमा ७ जनाको नाम सिफरिस भएको हो ।


यसरी नाम सिफारिस हुनेहरुमा लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, प्रकाश सुवेदी चन्द्रकान्ता, अशोक रोकाय संकल्प, खेलकुद मन्त्री समेत रहेका महेश्वर जग गहतराज अथक, आशोक केसी प्रयत्न, नरबहादुर खत्री भनिने नरेश पौडेल र नरेन्द्र न्यौपाने रहेको पार्टी निकट स्रोतले जनायो ।

उसो त खेलकुद मन्त्री अथकको एकल नाम पार्टीले सिफारिस गरेको भनिय पनि त्यसो नभई एक महिला सहित ६ जना पुरुषको नाम सिफारिस भएको पार्टीको उच्च स्रोतले बतायो । संघमा सिफारिसमा परेका मध्य नमुना प्रदेश सभामा सो क्षेत्रबाट प्रतिनिधित्व गरेकी र मतदातासमक्ष उनी बलियो पकड जमाउने महिला नेतृ हुन । उनी कुरामा भन्दा काममा विश्वास गर्ने नेतृ हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितुवाको आक्रमणबाट बर्दियामा एक बालक घाइते

२७ भाद्र २०७९, सोमबार २३:३०
नेपालगञ्ज : बर्दिया सदरमुकाम गुलरिया—८ जय बागेश्वरी टोलमा घरमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा एक २० महिने बालक घाइते भएका छन् । सीमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षबाट आएको चितुवाले उनलाई आक्रमण गरेको स्थानीयले बताएका छन् । डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी एवं सहायक वन अधिकृत द्रोण शर्माले भेरी गंगा […]