राप्तीसोनारी गाउपालिकाले साउन १५ देखि विद्यालय सञ्चालनको तयारी गर्दै

२९ असार २०७७, सोमबार १०:४१
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँकेका राप्तीसोनारी गाउपालिकाले आगामी साउन १५ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम घट्दै गएको निस्कर्षसहित राप्ती सोनारी गाउँपालिकाले आगामी साउन १५ गतेबाट बिद्यालय सञ्चालन गर्ने तयारी गरेको हो ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा आइतबार अगैयामा बसेको जनप्रतिनिधी, राजनीतिक दल, प्रधानाध्यापक लगायत सहभागी भएको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कुनै विषम परिस्थिती नआए आगामी साउन १५ गतेबाट सुरक्षा सावधानी अपनाएर बिद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष थारुले जानकारी दिए ।

उनले भने–‘कुनै विषम परिस्थिती आएन भने अथवा सरकारले केन्द्रबाट कुनै नीति निर्देशन पठायो भने छुट्टै पाटो हो, नत्र हामीले साउन १५ गतेबाट बिद्यालय खोल्ने निर्णय गरेका छौं ।’ बिद्यालयमा सुरक्षा सावधानी अपनाएर बिद्यालय सञ्चालन गर्नुपर्ने सर्बपक्षिय रुपमा सुझाव आएको अध्यक्ष थारुको भनाई छ ।

‘कोरोना भाइरसका कारण बिद्यालय बन्द हुँदा बिद्यार्थीको पठन पाठन ठप्प छ, यस्तो अवस्थामा अब बिद्यालय खोलेर पढाई सञ्चालन गर्नुपर्ने सबैको सुझाव आएको छ’– उनले भने । गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा ब्यवस्थापनका लागि अधिकांस वडामा बिद्यालयका भवनलाई क्वारेन्टाइन तथा आइसोलेसनका रुपमा प्रयोग गरेको थियो ।


बिद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टाइन तथा आइसोलेसनमा प्रयोग भएका बिद्यालयलाई स्यानिटाइज गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिदै भने–‘बिद्यालय खुल्नु भन्दा पहिले सबै बिद्यालयलाई स्यानिटाइज गरिनेछ ।’

गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले राप्ती सोनारीमा कोरोना संक्रमण घट्दै गएको हुँदा पुर्व तयारी स्वरुप साउन १५ बाट बिद्यालय खोल्ने निर्णय गरिएको बताए । उनले भने– ‘साउन १५ गतेबाट बिद्यालयको अनुकुल अनुसार खोल्ने निर्णय भएको छ, यदी कुनै विषम परिस्थिती सिर्जना भएन भने मात्र यो निर्णय लागु हुनेछ, संघिय सरकारको नीति र परिपत्र पनि आउँला ।’

सुरुमा माथिल्लो कक्षाका थोरै बिद्यार्थीलाई मात्र बिद्यालयमा बोलाएर पछि क्रमशः संख्या बढाउँदै लैजाने नीति अबलम्वन गरिने  उनको  भनाई छ । गाउँपालिका क्षेत्रमा ५४ वटा सामुदायिक र १६ वटा संस्थागत बिद्यालय सञ्चालनमा छन् ।

कोरोना भाइरस प्रभावित बिद्यार्थीलाई लक्षित गरेर गाउँपालिकाले यसअघि रेडियोबाट ट्युसन कक्षा सञ्चालन, घुम्ती शिक्षक परिचालन जस्ता शैक्षिक गतिबिधी चलाएको थियो ।

Next Post

बाँकेमा ठूलो परिमाणको लागुऔषध बरामद

२९ असार २०७७, सोमबार १०:४१
सदरलाइनडटकम, डुडुवा (बाँके) : सशस्त्र प्रहरीले बाँकेमा ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ । बिओपी कालाबञ्जरबाट गएको सशस्त्र प्रहरीको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ भज्जुपुर्वा गाउँ नजिकैबाट करीब ८० हजार मूल्य बराबरको ‘वेलसिरेक्स’ नाम गरेको लागुऔषध बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक गोरख सिँह भण्डारीको नेतृत्वमा […]