दुबै देशका सुरक्षाकर्मीद्वारा दशगजामा सरसफाई

१० असार २०७६, मंगलवार २०:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल भारत सीमा बाँकेको नेपालगञ्ज १५ जमुनहामा मंगलवार दुबै देशका सुरक्षाकर्मीले संयुक्तरुपमा सरसफाई गरेका छन् । सम्बृद्ध राष्ट्र निर्माणका लागि लागु औषधरहित स्वस्थ जिवन भन्ने मुल नाराका साथ सरसफाई कार्यक्रम गरिएको ।
कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेष बहादुर शाहको नेतृत्वमा ३५ जना, नं. ४० बाँके गुल्मबाट सशस्त्र प्रहरी उनायब परीक्षक निरंकार नाथ शुक्लको नेतृत्वमा ११ जना, ईलाका प्रहरी कार्यालय जमुनाहबाट प्रहरी नायब निरीक्षक बसन्त कुमार बस्नेतको नेतृत्वमा १५ जना, भारतीय एसएसबी नं. ४२ गुल्म रुपईडिहाबाट इन्सपेक्टर रमेशकुमार दवालाको नेतृत्वमा १० जना, रेन्ज टिम संस्थाबाट पुजा भण्डारी, ईन्द्रकुमार जि.सि.लगायतको सहभागितमा सरसफाई कार्यक्रम गरिएको सशस्त्र प्रहरी उपरीक्षक शाहले बताए ।

Next Post

रेडियो कार्यक्रम उत्पादन तालिम सम्पन्न

१० असार २०७६, मंगलवार २०:३२
सदरलाइनडटकम, नेपालगञ्ज : रेडियो रुबरु एफएमले आयोजना गरेको रेडियो कार्यक्रम उत्पादन तालिम बुधवार नेपालजञ्जमा सम्पन्न भएको छ । एन्टेना फाउण्डेशनको सहकार्यमा रेडियो रुबरु एफएमले आयोजना गरेको तालिममा रेडियोमा कार्यरत सञ्चारकर्मीहरुलाई तीन दिने रेडियो कार्यक्रम उत्पादन, प्राविधिक ज्ञान र रेडियो व्यवस्थापन सम्बन्धि तालिम दिएको हो । तालिमको चौथो दिन समापन कार्यक्रममा […]