नेपालमा ‘सिइओ’ सम्मेलन हुँदै, १७ देशका तीन सय विजनेश लिडर सहभागी हुदै

२६ फाल्गुन २०७४, शनिबार १७:५७
 

सदरलाइनडटकम
२६ फागुन, काठमाण्डौ : नेपालमा पहिलो पटक सिइओ समिट तथा अवार्ड हुने भएको छ । सिइओ समिट तथा अवार्ड कार्यक्रममा १७ देशका झण्डै ३ सयजना सिइओ तथा विजनेश लिडरहरु सहभागि हुने वताईएको छ ।
आउँदो फागुन ३० गते काठमाडौंमा आयोजना हुन लागेको नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रम मुख्य तया दुई एजेण्डामा केन्द्रित रहने आयोजकले जनाएका छन् । बदलिंदो राजनीतिक परिस्थितिमा अब बन्ने सरकारका आर्थिक मुद्दाहरु के हुन्छ भन्ने समिटको पहिलो विषय भएको आयोजकले जनाएको छ । हाल नेपाल बाहिरबाट उत्साह जनक सहभागीताको आवेदन आइरहेको इन्भेन्ट संयोजक भाबुक आचार्यले जानकारी दिएका छन् ।
समिटमा ठूला र बहुराष्ट्रिय कम्पनीका सफल सिइओ र नेतृत्वकर्ताले व्यवसाय सञ्चालन तथा व्यवस्थापनमा कस्ता उपाय अपनाएका छन ? र यो अवस्थासम्म आउन उनीहरुले के कस्ता प्रयास गरे भन्ने विषयमा समेत छलफल, बहस र अनुभव आदान प्रदान गरिने छ ।
दशबर्षे सशस्त्र द्वन्द्व, भूकम्प र त्यसपछिको नाकाबन्दीले देश आक्रान्त बनेको, बन्द हडताल, चक्का जाम, राजनीतिक उतारले देशको आर्थिक विकासको गति अवरुद्ध भएको भन्दै आयोजकले तर अब समय फेरिएको, सबै क्षेत्रमा आशाका किरणहरु पलाएको, तीन तहका निर्वाचनहरु सम्पन्न भएसँगै नयाँ संविधानको कार्यान्वयन अघि बढेको र स्थिर सरकार बन्ने प्रक्रिया अघि बढेकाले अब मुलुकमाआर्थिक विकासले गतिलिने आशा लिएको समयमा आयोजना गरिएको कार्यक्रमले आर्थिक समृद्धी थप मद्धत गर्ने बिश्वास लिइएको छ ।
नयाँ सरकारका सामाजिक र आर्थिक मुद्दा के हुनेछ देश निर्माणका लागि कस्तो दृष्टिकोण सहितका योजनाहरु बन्ने छन यसको सफल कार्यान्वयनका लागि कस्ता रणनीतिहरुको तर्जुमा गरिनेछ र कस्ता टुल्स र टेक्निकको सहायताले आगामी ५, १० र २० बर्षमा नेपाल कहाँ पुग्नेछ भन्ने विषयमा सिइओ समिट केन्द्रित हुनेछ । समिटमा प्रधानमन्त्री, उद्योगमन्त्री, वाणिज्यमन्त्री तथा यो क्षेत्रका विज्ञसहित सरोकारवालाहरुको सहभागिता रहनेछ ।

Next Post

दुबै आयोगको शैलीप्रति द्वन्द्वपीडित असन्तुष्ट

२६ फाल्गुन २०७४, शनिबार १७:५७
सदरलाइन / रुद्र सुवेदी  २६ फागुन, नेपालगन्ज : हचुवाका भरमा अनुसन्धान बिना नै मृत घोषणा गरेको भन्दै द्वन्द्वकालमा बेपत्ता पारिएका परिवारका सदस्यहरुले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको कार्यशैली प्रति असन्तुष्टी जनाएका छन् । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका परिवारका सदस्यलाई खोजी गरी ल्याउला भन्ने आशा गरी पर्खेका […]