बाघको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गयो

सदरलाइन संवाददाता २७ भाद्र २०७९, सोमबार १३:३५
 

नेपालगञ्ज : बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बर्दिया मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झुठारु थारु भैंसी चराउन गएको समयमा एक्कासी बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं सहायक वन अधिकृत द्रोण शर्माले जनाए ।

आइतवार रातीसम्म घर नफर्केपछि उनका आफन्तले वन, प्रहरीलगायत ठाउँमा जानकारी गराएपछि खोजी कार्य भएको थियो । रात परेकाले घना जंगलमा खोजी हुन नसकेपछि सोमबार शरीरका केही अवयव, छाता, चप्पल फेला परेको हो ।


बर्दियासँगै जोडिएको खाता जैविक मार्गमा रहेको उक्त सामुदायिक वन घना भएकाले खोजी कार्यमा समस्या भएको खाता रेन्ज पोस्टका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले चरिचरण र अन्य प्रयोजनका लागि एक्लै वनमा नजानका लागि पटक पटक आग्रह गरेपनि अटेर गरेका कारण वन्यजन्तुले आक्रमण गर्ने गरेको वनका कर्मचारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’को जन्मजयन्तीमा माल्यार्पण

२७ भाद्र २०७९, सोमबार १३:३५
नेपालगञ्ज : प्रेस स्वतन्त्रता सेनानी, नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को सोमवार ९४ औं जन्मजयन्ती । जन्मजयन्तीका अवसरमा स्वर्गिय गुप्ताको फोटोमा माल्यार्पन गर्दै योगदानबारे चर्चा गरिएको छ । नेपाल प्रेस युनियन बाँकेको कार्यालय नेपालगञ्जमा सोमवार बिहान स्वर्गिय गुप्ताको फोटोमा माल्यार्पन गरिएको हो । युनियन बाँकेका […]