नेपालगञ्ज : हिन्दू समुदायको बडादशैको अवसरमा कर्मचारी मिलन केन्द्र बाँकेको आयोजनामा शुभकामना आदानप्रदान एवम कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुको बैठक सम्पन्न भएको छ ।
कर्मचारी मिलनकेन्द्र बाँकेका अध्यक्ष गोविन्द पाण्डेको अध्यक्षता तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सूचनाको हक कार्यान्वयनको लागि कार्यालयबाट सम्पन्न भएका कार्य प्रगती अनिवार्यरुपमा सार्वजनिक गर्नुपर्ने र सूचना माग गर्नै नपर्ने गरी सबै सरकारी कार्यलयबाट आ–आफ्नो वेभसाईटमा अपलोड गर्ने कुरामा सबैको एकमत भएको छ ।
बैठकलाई सम्बोेधन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले सूचनामा सबैको पहुँच हुने गरी आ–आफ्नो कार्यालयबाट सार्वजनिक गर्नुपर्ने सूचना समयमै बिना कुनै बाधा ब्यवधान उपलब्ध गराउन आग्रह गरे ।
उनले दशैतिहर लगत्तै जिल्लाका सरकारी कार्यालयहरुमा सूचनाको हक कार्यान्वयनको अवस्थाको बारेमा अनुगमन गरिने भएकोले कार्यालयले सार्वजनिक गर्ने पर्ने सूचना अनिवार्य रुपमा सार्वजनिक गर्न सबैलाई निर्देशन समेत दिए ।
सो अवसरमा बडादशै, तिहार, नेपाल सम्बत, छठलगायतका पर्व शान्त र सभ्यरुपले मनाउन शुभकामना व्यक्त गरिएको थियो ।