सदरलाइनडटकम,
कोहलपुर (बाँके) : पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको अगौया नजिकै कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो सवा १ बजे बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भई रुखमा ठोक्किँदा चालक कमलराज लम्साल र कारमा सवार क्षितिजकुमार कुँवरको मृत्यु भएको हो ।
दुर्घटनामा कार चालक भरतपुर महानगरपालिका १२ चितवनका लम्साल र पूर्वी नवलपरासी कावासोतीका कुँवरको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ बाँके प्रहरीले जनाएको छ । तीब्र गतिमा रहेको कारले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
