लुम्बिनी प्रदेश सरकारले ‘माघ महोत्सव’ मनाउने

सदरलाइन संवाददाता ३० पुष २०७९, शनिबार १३:४६
 

दाङ : लुम्बिनी प्रदेश सरकारले माघ महोत्सव मनाउने भएको छ । आगामी माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरी माघ महोत्सव मनाउन लागिएको हो ।

माघ २ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदासमेत दिएको छ । माघे संक्रान्ति (माघ पर्व)का अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रम, २०७९ लाई विशेष र व्यवस्थित बनाउन मुख्यमन्त्री लिला गिरीले सचिवहरुलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा प्रमुख सचिव डा. दिपक काफ्ले र विभिन्न मन्त्रालयका सचिवहरुले मातहतका मन्त्रालयको अवस्थाबारेमा जानकारी गराए । बैठकमा मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसीको पनि उपस्थिति थियो ।

मन्त्रालय र मातहतका कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन मुख्यमन्त्रीले सचिवहरुलाई निर्देशन दिए । माघ महोत्वसका अवसरमा साँस्कृतिक झाँकी प्रदर्शन गर्ने, झाँकीहरुलाई उत्कृष्टताका आधारमा प्रोत्साहन स्वरुप पुरस्कृतसमेत गर्ने गरी तयारी भइरहेको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।


महोत्सवका लागि मूल आयोजक समिति, व्यवस्थापन समितिलगायतका समितिहरु समेत गठन गरिएको छ । माघी उत्सवका अवसरमा स्थानीय तहसँगको समन्वयमा दुई वटा थारु झाँकी, २ वटा मगर झाँकी र १र१ वटा गुरुङ र नेवार झाँकीको व्यवस्था मिलाउने, झाँकीको प्रस्तुति गर्ने टोलीलाई प्रतिटोली २० हजार रकम यातायात खर्चबापत मन्त्रालयले उपलब्ध गराउने गरी तयारी भइरहेको छ ।

यसैगरी लुम्बिनी प्रदेश सरकारले यही माघ १ गतेका दिन योग दिवस मनाउने भएको छ । योग, वैकल्पिक चिकित्सालगायतको प्रवर्धनका लागि प्रदेशमा विभिन्न कार्यक्रमसमेत गरिने भएको छ ।

यसैगरी माघ २ गते नै भुकम्प सुरक्षा दिवससमेत मनाउने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डा.राजन पाण्डे थारू रत्न पुरस्कारबाट सम्मानित हुँदै

३० पुष २०७९, शनिबार १३:४६
नेपालगञ्ज : भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डे थारू रत्न पुरस्कारबाट सम्मानित हुने भएका छन् । थारु आयोगले थारू समुदायका लागि योगदान गर्ने चार जनालाई थारू रत्न पुरस्कारबाट सम्मानित गर्नेक्रममा डा. पाण्डेलाई पनि उक्त पुरस्कारका लागि छनौट गरेको हो । थारु समुदायमा देखिएको सिकसलसेल […]

सम्बन्धित