सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँकेस्थित राप्ती नदीमा ट्रयाक्टर खस्दा चालकसहित दुई जना बेपत्ता भएका छन् । ना ७ त ५१८ नम्बरको ट्रयाक्टर राप्तीसोनारी गाउँपालिका वडा नं. २ स्थित अगैया पुलदेखि १ सय मिटर तल नदीमा खसेको हो ।
ट्रयाक्टर खस्दा राप्तीसोनारी ३ भगौतीपुरका १७ वर्षीय सुनिल थारु र अर्का नाम नखुलेका १ जना बेपत्ता भएका हुन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ताहरुको खोजी कार्य शुरु गरेको प्रहरीले जनाएको छ ।
