वडानं. १२ का विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण

१९ जेष्ठ २०७५, शनिबार १५:३४
 

सदरलाइनडटकम 
१९ जेठ, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ चिडिमार टोलका विपन्न परिवारका तथा विद्यालय बाहिर रही भर्ना अभियान अन्तर्गत हालै भर्ना गराईएका ६३ जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबद्वारा उप–महानगरपालिकाको ५ वटा गरिब र विपन्न बस्तीमा संचालन गरिएको सहयात्रा परियोजना अन्तर्गत सो शैक्षिक सामाग्री बितरण गरिएको हो ।
वडा बाल संरक्षण समितिको कार्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा ६३ जना बालबालिकालाई वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी, सेभ द चिल्ड्रेनका निमित्त कार्यक्रम अधिकृत आत्माराम भट्टराई, वडा सदस्यहरु तरुण बज्राचार्य, दिनेशराज पन्त, वडा बाल संरक्षण समितिका संयोजक रामु चिडिमार तथा बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खानले शैक्षिक सामाग्री वितरण गरेका थिए ।
वडा नम्बर १२ का वडा अध्यक्ष सुवेदीले शैक्षिक सामाग्री बितरणले विपन्न परिवारका बालबालिकाको शैक्षिक गुणस्तर बढाउन ठुलो सहयोग गर्ने बताउँदै यसले वडालाई बालमैत्री शासन घोषणा गराउन सहयोग गर्ने बताए ।
उनले वडा नम्बर १२ का कुनै पनि बालबालिका शिक्षाबाट बन्चित नहुने बताउँदै त्यसका लागि वडाले सम्बन्धित संघसंस्थाहरुसंग मिलेर काम गर्ने बताए ।
त्यस्तै सेभ द चिल्ड्रेनका निमित्त कार्यक्रम अधिकृत आत्माराम भट्टराईले सेभ द चिल्ड्रेन लगायतका संघसंस्थाहरुले सरकारको नीति तथा कार्यक्रमलाई सहयोग गर्ने जनाउँदै २०८३ सालसम्म कोही पनि शिक्षाबाट बन्चित नहोस भन्ने उदेश्यका साथ काम गर्नु पर्नेमा जोड दिए ।
गरिबी तथा चेतनाको अभावले बिद्यालय छाडेका तर भर्ना अभियान अन्तर्गत बिद्यालयमा पुनः भर्ना गराईएका तथा अन्य विभिन्न विपन्न परिवारका बालबालिकालाई सो शैक्षिक सामाग्री वितरण गरिएको क्लबका कार्यक्रम संयोजक आशिष बर्माले बताए ।
सो वडामा बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयमा पुनः भर्ना गराउन यस अघि टिच वन ईच वन कार्यक्रम पनि संचालन गरिएको थियो । सो अभियानबाट भर्ना भएका १३ जना बालबालिकालाई पनि सो शैक्षिक सामाग्री बितरण गरिएको थियोे ।
सो अवसरमा बालबालिकालाई बितरण गरिएको शैक्षिक सामाग्रीमा एक थान बिद्यालय ब्याग, एक दर्जन कपी, एक दर्जन पेन्सिल, रबर, कटर र एक थान बिद्यालय पोशाक रहेको थियो ।

Next Post

मापदण्ड विना सञ्चालित डुडुवाका दुई संस्थागत विद्यालय परे कारवाहीमा

१९ जेष्ठ २०७५, शनिबार १५:३४
सदरलाइनडटकम १९ जेठ, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा अनुमति बिना सञ्चालनमा रहेका दुई वटा संस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ । वडा नं. २ बेताहनीको राप्ती इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुल नौरीगौडी र एकेडेमी इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुलले अनुमती विना सञ्चालन गरेको कक्षा खारेज गरिएको हो । गाउपालिकाका अध्यक्ष नरेन्द्र […]