सदरलाइनडटकम,
नेपालगञ्ज : मंगलवार एकै दिन देशभर २ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार एकै दिन देशभरमा २८८ संक्रमित थपिएका हुन् ।
जसमध्ये बाँके र बर्दियाका गरी २० जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । भेरी अस्पतालमा २० जनाको गरिएको परीक्षणमा बाँकेको खजुरा, नरैनापुर र राप्तीसोनारीका १७ जना रहेका छन् ।
यसैगरी बर्दियाको गुलरियाका ३ जनामा कोरोना संक्रमण भेटिएको डा. देवकोटाले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ सय पुगेको छ । जसमध्ये १ हजार ४९ जना पुरुष र १ सय ५० महिला रहेका छन् ।
