कोरोनाको कहर : बाँकेमा अनिश्चितकालिन निषेधाज्ञा

१५ जेष्ठ २०७७, बिहीबार ०८:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके कोरोना महामारी तीब्र रुपले बृद्धि हुँदै गएपछि यसको नियन्त्रणका लागि आव्हान गरिएको लकडाउनलाई अझ बढी कडाई गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १० बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

कोरोना रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा भोजनालय, औषधि पसल, खाद्यान्न फलफूल तथा तरकारी, अस्पाताल स्वास्थ्यकेन्द्र सञ्चालन सम्बन्धी सेवा, अत्यावश्यक मालसामान ओसारपसार, निर्माण कार्य, कृषि जन्य, बैंक, पेट्रोलियम ढुवानी, सरकारी छापाखाना, सञ्चार क्षेत्र जस्ता सेवाहरु जस्ता अत्यावश्यक सेवा बाहेक अन्य क्षेत्रलाई अनिश्चित कालका लागि निषेध गरेको हो ।

बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङद्वारा जारी सुचनामा जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना महामारी नियन्त्रणका लागि निशेधाज्ञा जारी गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ बुधबार मात्रै बाँकेमा सरुवा भएर जिल्लामा हाजिर भएका हुन ।


बाँकेमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । बुधबार बाँकेका १६ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेको राप्तीसोनारीका ७, बैजनाथका ६, डुडुवाका २ र खजुरा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै बाँकेमा कोरोना संक्रमितको सख्या १७० जना पुगेको छ । बाँकेको नरैनापुरमा ११२, नेपालगन्ज २६, डुडुवामा ८, राप्तीसोनारीमा १३, खजुरा ३, बैजनाथ ७ र एक जना अन्य जिल्लाको बाँकेमा बसोबास गर्ने व्यक्ति संक्रमित रहेका छन ।

Next Post

कोहलपुरमा बेवारिसे २ नाल भरुवा बन्दुक भेटियो

१५ जेष्ठ २०७७, बिहीबार ०८:५१
सदरलाइनडटकम, नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपाल नं. ५४ गुल्म हेड क्वाटर राजस्व चुहावट नियन्त्रण कोहलपुरको टोलीले बाँकेको कोहलपुर–८ सिक्टा नहरको डुडुवा पुल नजिकबाट २ नाल भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ५४ गुल्म हेड क्वाटर राजस्व चुहावट नियन्त्रण कोहलपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक श्याम […]

सम्बन्धित